नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ पुष्टि

काठमाडौं, ७ पुस । नेपालमा थप एक जनामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ ।
८९ वर्षीय एक वृद्धामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राले जानकारी दिइन् ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता मिश्राले ओमिक्रोन संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन् ।
उनीसँग सम्पर्कमा आएका अन्य व्यक्तिको पनि कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको उनले बताइन् ।
यसअघि गत मंसिर ३ गते दक्षिण अफ्रिकाबाट आएका दुई जनामा ओमिक्रोन पुष्टि भएको थियो । जसमा एक जना विदेशी र एक जना नेपाली थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


