जनकपुरधाम, ६ पुस । स्व.मकेश्वर प्रसाद सिंहको १०औं स्मृति दिवसको अवसरमा विकास पुरुष मकेश्वर बाबु सामाजिक प्रतिष्ठानद्वारा मंगलबार जनकपुरधाममा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ ।

उक्त सभामा यस भेगमा स्वास्थ्य क्षेत्रमा आधुनिकता ल्याएवापत र विभिन्न जिल्लामा गरिब तथा असहायहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका काव्या अस्पताल प्रा.लिलाई ‘मकेश्वर बाबु उत्कृष्ट समाजसेवा पुरस्कार २०७८’ बाट सम्मानित गरिएको छ ।

काव्या अस्पतालका सञ्चालक डाक्टर एस.के.सिंहलाई ५ हजार १०१ नगदसहित कदर पत्र प्रदान गरिएको थियो । आफुले पुरस्कार पाएको रकममा ५ हजार थपेर काव्या अस्पतालका सञ्चालक डा. सिंहले जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित ‘जनक छात्रावास’ लाई प्रदान गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष कृष्ण दिक्षितद्वारा छात्रहरुका लागि शैक्षिक सामग्री पनि वितरण गरिएको थियो ।

कार्यक्रममा विभिन्न वक्ताहरुले मकेश्वर बाबुले यस समाजमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।