काठमाडौं, ६ पुस । नेपाली काँग्रेसको केन्द्रयी सदस्यामा ‘मधेसी महिला’तर्फ सभापति शेरबहादुर देउवा पक्षले क्लिन स्विप पारेको छ ।

मंगलबार आएको मत परिणामअनुसार चारजना महिलातर्फ देउवा पक्षले क्लिन स्विप पारेको हो ।

देउवा समूहकी मुक्ताकुमारी यादव ३ हजार ९६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित भएकी छन् ।

यस्तै मिनाक्षी झाले ३ हजार १२, मन्जुकुमारी यादवले २ हजार ८८३ र नागिना यादव २ हजार ८४६ मत ल्याएर विजयी भएकी छन् ।