प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित

काठमाडौं, ६ पुस । प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएको छ । बैठक करिब २६ मिनेट बसेर स्थगित भएको हो ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध कायमै राखेको थियो । एमालेले आफ्ना सांसदलाई कारबाही गरेको सूचना सभामुखले प्रकाशित नगरेर पार्टी विभाजनमा सहयोग गरेको भन्दै निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टीका नेतासमेत रहेका सांसद प्रेम सुवाललाई यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ माथि बोल्न दिएका थिए । यद्यपि उनले संसद्को बैठकमा एमसिसीबारे आफ्नो धारणा राखे ।
प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिनको १ बजे बस्ने गरी स्थगित भएको सभामुख अग्नि प्रसाद सापकोटाले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


