साफ उपविजेता टोलीलाई जनही ५ लाख

काठमाडौं, ६ मंसिर । सरकारले साफको उपविजेता राष्ट्रिय फुटबल टोलीका सदस्यलाई नगदसहित सम्मान गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले साफ उपविजेता टोलीलाई सम्मान गरेका हुन् ।
पूर्वघोषणा अनुसार सरकारले खेलाडीलाई जनही ५ लाख, तीन प्रशिक्षकलाई जनही ३ लाख र अफिसियललाई प्रमाणपत्र सहित सम्मान गरेको हो ।
साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल प्रवेश गरेको नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


