सोमबार २२० नयाँ संक्रमित थपिए, २६३ जना संक्रमणमुक्त

काठमाडौं, ५ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २२० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२५ जनाको पीसीआर परीक्षण गर्दा २१८ र १ हजार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २६३ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ९३७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ ।त्यस्तै, ८ लाख ९ हजार १५५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ । जसमध्ये ४ हजार ९६४ जना होम आइसोलेसनमा रहेका छन् भने २६१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


