राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगमा शिक्षकहरुले गरे तालाबन्दी

जनकपुरधाम, ५ पुस । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगमा शिक्षकहरुले तालाबन्दी गरेका छन् ।
सेवा आयोगद्वारा अपारदर्शी तरिकाबाट उपप्राध्यापक २६ जना दरबन्दी सीटमा ५ जनाको विज्ञापनन खुलाई मात्र २१ वटा सीटमा विज्ञापन खुलाइएको भन्दै शिक्षकहरुले तालाबन्दी गरेका हुन् ।
शिक्षकहरुले आयोगका अध्यक्ष प्रा.डा. शैलेन्द्र लाभको कार्यकक्ष, सदस्य र लेखाशाखामा तालाबन्दी गरेका छन् ।
पेपर कोर्स कन्ट्रक्ट संघका सभापति दीलिप यादवले आफुहरु स्थापना कालदेखि नै विश्वविद्यालयमा काम गर्दै आएको र कतिपय शिक्षकहरुको उमेर समेत पार भइसकेकोमा त्यसलाई ख्याल नगरि सेवा आयोगले विज्ञापन आह्वान गरेको आरोप लगाए ।
यादवले आयोगद्वारा अपारदर्शी तरिकाबाट उपप्राध्यापक २६ जना दरबन्दी सीटमा ५ जनाको विज्ञापनन खुलाई मात्र २१ वटा सीटमा भ्याकेन्सी खुलाइएको तथा यस विश्वविद्यालयमा पढाई नै नहुने विषय भूगोलमा पनि विज्ञापन खोलिएकोमा बिरोधस्वरुप पेपर कोर्ष कन्ट्रयाक्ट शिक्षक संघ र करार कर्मचारीद्वारा तालाबन्दी गरिएको बताए ।
आफूहरु यहाँ काम गरेवापत अनुभव प्राप्त गरेकोमा त्यसको कुनै मार्क नराखेपछि बाध्य भएर तालाबन्दी गरेको उनले दुःखेसो सुनाए ।
रजिष्ट्रार, भिसि, सेवा आयोगका अध्यक्ष, सदस्यहरुलाई जानकारी गराउँदा आश्वास दिएपनि आज एक्कासी विज्ञापन आह्वान गरिएको देखेको र त्यसमा उमेर, अनुभवलाई ग्राह्यता नदिएको देखिएपछि तालाबन्दी गरेको पेपर कोर्स कन्ट्रक्ट संघका सचिव रविराज साहले बताए ।
राजर्षि जनक विश्वविद्यालयले जनस्वास्थ्य, कानून, कम्प्युटर एप्लिकेसन, अंग्रेजी, अर्थशास्त्र, तथ्यांकशास्त्र, गणित, व्यवस्थापन, कम्प्युटर इन्जिनियरिङ, भूगोल हेमाटोलोजी लगायतको विषयको उपप्राध्यापक पदका लागि विज्ञापन आह्वान गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


