माओवादी केन्द्र प्रदेश २ कमिटी चयन गर्न असफल, नयाँ नेतृत्व प्रचण्डले घोषणा गर्ने

सर्लाही, ५ पुस । सर्लाहीको लालबन्दीमा दुई दिनसम्म चलेको नेकपा माओवादी केन्द्र प्रदेश–२ को सम्मेलनले प्रदेश कमिटी चयन गर्न सकेको छैन ।
सम्मेलनले २६४ सदस्यीय प्रदेश कमिटी निर्धारण गरेपनि नयाँ नेतृत्व चयन गर्न नसकेको हो । लामो छलफलबाटसमेत नेतृत्व चयनमा सहमति नजुट्दा आइतबार राति बन्द सत्र सकिएको छ ।
माओवादी प्रदेश–२ कमिटी संयोजक प्रलाह्द बुढाथोकीका अनुसार जिल्लाका क्रियाशिल सदस्य संख्या, पार्टीबाट निर्वाचित जनप्रतिनिधि संख्याका आधारमा प्रदेश कमिटीको पदाधिकारी कोटा तोकिएको हो ।
माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम काफ्लेका अनुसार २५ पुसमा कर्जन्हामा हुन लागेको जयगोविन्द साह स्मृति सभाको अवसरमा नयाँ कमिटी चयनका लागि नाम घोषणा गर्ने तयारी छ ।
प्राप्त पदाधिकारीको नाम माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गर्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


