आइतबार १८१ नयाँ संक्रमित थपिए, २८९ जना संक्रमणमुक्त

काठमाडौं, ४ पुस । नेपालमा पछिल्लो २४ घण्टामा १८१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८३१ जनाको पीसीआर परीक्षण गर्दा १३३ र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २८९ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ७१७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ ।त्यस्तै, ८ लाख ८ हजार ९२ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ५ हजार ०२३ जना होम आइसोलेसनमा रहेका छन् भने २४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


