जबर्जस्ती करणीको मुद्दा लगाई दिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिलासहित दुईजना पक्राउ

सप्तरी, ४ पुस । जबर्जस्ती करणीको मुद्दा लगाई दिन्छु भन्दै ठगी गरेको आरोपमा सप्तरीमा एक महिला सहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–९ लालपट्टीका ३२ वर्षीय मो. रहमान मियाँ र २५ वर्षीया रुबिना खातुन रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
दुवैजनालाई पीडितको जाहेरीको आधारमा पक्राउ गरिएको प्रवक्ता काफ्लेले बताए । रुबिना खातुन र रहमान मिँया मिलेर पीडितसँग १ लाख रुपैयाँ ठगेका छन् ।
रुबिना खातुनले आफ्नो मोबाइलबाट खडक नगरपालिका वडा नम्बर–९ कै समसुल मियाँको श्रीमती गुलेसा खातुनको मोबाइलमा फोन गरी तिम्रो लोग्नेले मलाई जबर्जस्ती करणी गरेको मुद्धा मिलाउने हो भने मलाई ४ लाख रुपैयाँ दिनुपर्छ भनि बार्गेनिङ्ग गरेकी थिइन् ।
पैसा नदिए जबर्जस्ती करणी मुद्धा लगाई श्रीमानलाई जेल पठाईदिन्छु भनेर रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । रुबिनाले गुलेसासँग २ लाख बार्गेनिङ गरी मंसिर १० गते १ लाख रकम लिई ठगी गरेको प्रवक्ता काफ्लेले जनाएका छन् ।
प्रहरीमा उजुरीपरेपछि अनुसन्धानको क्रममा दुवैजनालाई पक्राउ गरिएको छ । अनुसन्धानको क्रममा रुबिनाले बिदेशबाट आएका केटाहरुलाइ फोनमा सम्पर्क गरी सम्पर्कमा ल्याई यस्तै किसिमले बार्गेनिङ गरी फसाउने गरेको खुलेको प्रवक्ता काफ्लेले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


