सप्तरी, ४ पुस । सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको सुरुङगा नगरपालिका वडा नम्बर–२ हर्दिया बस्ने २७ वर्षीय शिव कुमार ठाकुर रहेका छन् ।

सोही नगरपालिका वडा नम्बर–४ बिरनगर गाउँ टोल बस्ने ससुरा भोला ठाकुरको घरमा पाहुना गएको बेला विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर ठाकुरको मृत्युु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि रा.उ.स्मारक अस्पताल लहान सिराहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यता सो सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान सुरु गरेको सप्तरी प्रहरीले जनाएको छ ।