शनिबार १८९ नयाँ संक्रमित थपिए, २५० जना संक्रमणमुक्त

काठमाडौं, ३ पुस । नेपालमा पछिल्लो २४ घण्टामा १८९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४८३ पीसीआर परीक्षणमा १५८ र २ हजार ५१४ एन्टिजेन परीक्षणमा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २५० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ४२८ रहेको छ ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका ११० जना रहेका छन् । काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ जना संक्रमित भेटिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


