एजेन्सी, ३ पुस । भारतको उत्तर प्रदेशमा नेपाली मजदुर सवार बस पल्टिदा एक बालकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

भ्रमणमा गएका ५६ जना नेपाली मजदुर सवार भारतीय यूपी ०३३० पी १३७५ नम्बरको बस भारतको लखीमपुर खेरी जिल्लाको पालियामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ वर्षीय विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घाइते पाँच जना खतरामुक्त छन् । उनीहरु भारतमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।