लागुऔषधसहित एक युवक पक्राउ

सर्लाही, ३ पुस । प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नम्बर–१२ गमहरिया बस्ने २४ वर्षीय अनिल महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
शुक्रबार राति करिब साढे १२ बजेको समयमा महतोलाई प्रहरीको गस्ती टोलिले मलंगवा–११ पेट्रोलपम्प स्थित मलंगवा नवलपुर सडक खण्डमा मलंगवाबाट गमहरिया तर्फ जादै गरेको ज. ८ प.६७७३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको ट्यांकी भित्र र साईडको दुईवटै पाला भित्रबाट कोडिवेल लेखिएको लागुऔषध २९ बोतल बरामद गरेको छ ।
महतोलाई नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


