नेकपा माओवादी प्रदेश २ को अधिवेशन विवादका कारण स्थगित

सर्लाही, ३ पुस । नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशन बन्दसत्र विवादका कारण स्थगित भएको छ ।
शनिबार सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्दसत्र विवादका कारण स्थगित भएको हो ।
अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।
प्रायः जिल्लाबाट तोकिए भन्दा बढी प्रतिनिधि आएकोले सो समस्या समाधान नहुन्जेलसम्म आइतबार बिहान ११ बजेसम्मका लागि अधिवेशन स्थगित गरिएको उनले बताए ।
यता अधिवेशनबाट २४१ सदस्यीय प्रदेश २ समिती बनाउने गृहकार्य समेत सुरु भएको उनले बताए ।
प्रत्येक पालिकाबाट एक जना प्रदेश समितिमा प्रतिनिधिमुलक रहने छ भने प्रदेश तथा संघिय निर्वाचन क्षेत्रलाई आधार र बिगतको निर्वाचनबाट पार्टीलाई प्राप्त भएको मत अनुसार प्रदेश समिति चयन गर्ने मापदण्ड बनाइएको उनले बताए ।
आइतबार हुने बन्दसत्रले २४१ सदस्यीय समिती चयन गर्नेछन् भने सो समितिको बैठकबाट अध्यक्षसहित पदाधिकारी चयन गरिने माओवादी केन्द्र प्रदेश समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


