जनकपुरधाम, ३ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशन पश्चात प्रदेश २ को अधिवेशन गर्न लागेको छ ।

प्रदेश २ को अधिवेशन यही पुस ६ र ७ गते हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले प्रदेश २ को अधिवेशन यही पुस ६ र ७ गते जनकपुरधाममा गर्ने निर्णय गरेको निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिए ।

अन्य ६ प्रदेशमा भने कांग्रेसको अधिवेशन यसअघि नै भइसकेको छ भने प्रदेश २ मा क्रियाशील सदस्यता विवादका कारण अधिवेशन हुन सकेको थिएन ।