सरकारले आइतबार सार्वजनिक बिदा दिने

काठमाडौं, २ पुस । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारले पुस ५ गते उद्यौली पर्व, योमरी पुन्ही–ज्यापु दिवसको अवसरमा सम्बन्धित समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृहमन्त्रालयका उपसचिव वसन्त भट्टराईले एक विज्ञप्ति जारी गर्दै देशभरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।
‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


