जापानमा ८ तले भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

एजेन्सी, २ पुस । जापानको पश्चिमी क्षेत्रस्थित ओसाका सहरको ८ तले भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ ।
जापानको स्थानीय एनएचके ब्रोटकास्टरका अनुसार शुक्रबार ओसाका सहरको ८ तले भवनको चौथो वा पाँचौं तलामा आगलागी भएको हो ।
सो क्षेत्र पसल तथा मनोरञ्जनस्थलको रुपमा रहँदै आएको समाचारमा उल्लेख छ । आगलागीबाट २८ जना मानिसहरु प्रभावित भएको बताइएको छ ।
जसमध्ये २७ जनालाई मुटु र फोक्सोले काम नगरेको अवस्थामा फेला पारिएको हो । अहिले आगो नियन्त्रणमा आए पनि यसबारे थप विवरण भने आउन बाँकी रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


