राजविराजस्थित कारागारमा हृदयघात हुँदा एक कैदीको मृत्यु

सप्तरी, २ पुस । राजविराजस्थित कारागारमा हृदयघात हुँदा एक कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको दुहबी नगरपालिका वडा नम्बर–४ का ५८ बर्षीय उद्धव प्रसाद खतिवडा रहेको प्रहरीले जनाएको छ । उनको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सरकारी कागजात किर्ते गरेको मुद्दामा खतिवडा २०७५ साल साउन १७ गते राजविराज कारागारमा आएको कारागारका निमित्त जेलर सन्दिप कुमार देवले जानकारी दिए ।
कैदी खतिवडालाई अचानक हृदयघात भएपछि उपचारका लागि अस्पताल पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जेलर देवले बताए ।
मृतक कैदी खतिवडाको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


