लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी

बुटवल, २ पुस । लुम्बिनी विकास कोष परिसरमा रहेको लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी भएको छ ।
बिहीबार राति आगलागी हुँदा १० वटा गिफ्ट पसल, रेष्टुरेण्ट, फैन्सी पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
स्थानीयका अनुसार राति २ बजे आगलागी सुरु भएको थियो । आगो नियन्त्रणका लागि लुम्बिनी सांस्कृतिक नागरपालिकाको बारुण यन्त्रलाई खबर गरेपनि दमकल आएन ।
पछि सिद्धार्थनगर नगरपालिकाको दमकल आएर आगो नियन्त्रणमा लिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


