रिजालले प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा हारेपछि रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर रिजालले राजीनामा बुझाएका छन् ।
पार्टीको महामन्त्रीमा उम्मेदवारी दिएका रिजालले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए ।
प्रधानमन्त्री देउवाले रिजाललाई गत असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


