जनकपुरधाम, १ पुस । धनुषामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरको कटारी नगरपालिका–७ बस्ने २७ वर्षीय विकास विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको मिथिला नगरपालिका–१० लालगढस्थित पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट नेपालगञ्जतर्फ गइरहेको बा ६ प २५५९ नम्बरको बस र विपरित दिशाबाट आइरहेको बा ५९ प ६८८९ नम्बरको मोटरसाइकल बिहिबार दिउँसो एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक विश्वकर्माको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।

तृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको र बसका चालकलाई नियन्त्रणमा लिइ दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुवेदीले बताए ।