काठमाडौं, १ पुस । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री पदमा अपेक्षाकृत परिणाम नआएपछि उनले राजीनामा दिने घोषणा गरेका हुन् ।

‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु,’ रिजालले फेसबुकमा लेखेका छन्, ‘अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।’

रिजाल संस्थापनइतर पक्षका उम्मेदवार हुन् ।