कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।
गगन शेखर कोइराला र विश्वप्रकाश प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


