धनगढी, २९ मंसिर । कैलालीमा बस र स्कारपियो एकआपसमा ठोक्किँदा २७ जना घाइते भएका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा काठमाडौंबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सुपप्र ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको से१च १५९३ नम्बरको स्कारपियो बुधबार विहान आपसमा ठोक्किँदा २७ जना घाइते भएका हुन् ।

ठक्करबाट स्कारपियोमा सवार चालकसहित ३ जना र बसमा सवार ३८ जना गरी ४१ मध्ये २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको र अन्य सवार सकुशल छन् । बस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने वर्ष ३४ को गणेश रानाले चलाएका थिए ।

स्कारपियोमा कृष्णपुर नगरपालिका–६ बस्ने वर्ष ४८ वर्षीय मोतीराम डगौराले चालक थिए । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।