नेपालले दिए देउवालाई बधाई

काठमाडौं, २९ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
नेपालले फेसबुकमा लेखेका छन्, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनु भएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् ।