प्रदेश २ को आठौं अधिवेशन आजदेखि सुरु हुँदै, नाम र राजधानी सम्बन्धी प्रस्ताव पेश गरिने

जनकपुरधाम, २९ मंसिर । प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले आज प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेका हुन् ।
आज बस्न लागेको प्रदेशसभा बैठकमा उपस्थित हुन सांसदहरुलाई जानकारी गराइएको प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए ।
आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, प्रदेशको नामाकरण र राजधानी सम्बन्धी प्रस्ताव पेश गरिने तथा केही अध्यादेशहरुमाथि पनि छलफल हुने कार्यसूची रहेको निमित्त सचिव यादवले बताए ।
यसअघि असोज २२ गते प्रदेशसभाको सातौं अधिवेशन अन्त्य भएको थियो ।
यस्तो छ कार्यसूचि :