प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक

काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार पुस ३ गते हुने उद्घाटन खेलमा साविक विजेता प्रदेश–१ र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।
सोही दिन दोस्रो खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल बिहान ९ तथा दोस्रो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामन सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश–१, लुम्बिनी प्रदेश,बागमती प्रदेश,कर्णाली प्रदेश छन् ।
समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश–२ छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिता धनगढीको फाप्ला क्रिकेट मैदानमा पुष ३ देखि ११ गतेसम्म हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


