काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्ने नेता विमलेन्द्र निधिले निर्णय गरेका छन् ।

सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि देउवा निधि निवास पुगेका बेला निधिले उनलाई समर्थन गर्ने वचन दिएका हुन् ।

यसअघि प्रकाशमानसँग भेट गरेपछि दोस्रो चरणमा प्रकाशमानले पनि देउवालाई सघाउने निर्णय गरेका छन् । देउवासँगको भेटवार्तापछि सिंहले सो कुरा बताए ।

पहिलो चरणमा सभापतिमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सघाउने भएका हुन् ।

दोस्रो चरणको निर्वाचनमा देउवा र शेखर कोइरालाबीच सभापति पदमा प्रतिस्पर्धा हुनेछ ।