गंगुलीस्थित सिक्सलेन सडकखण्डमा बम फेला, सेनाले निष्क्रिय बनायो

जनकपुरधाम, २७ मंसिर । धनुषाको नगराइन नगरपालिकामा मोबाइल बम फेला परेको छ ।
नगराइन नगरपालिका वडा नम्बर–५ गंगुलीस्थित सिक्सलेन सडकखण्डको धानखेतमा सोमबार दिउँसो बम फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले नेपाली सेनाको टोलीले बम निष्क्रिय बनाएको बताए ।
बम कसले कुन प्रयोजनले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।