काठमाडौं, २७ मंसिर । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी, प्रशिक्षक तथा निर्णायक गरी १० जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गर्ने भएको छ ।

मंसिर २७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार ७ खेलाडी, दुई प्रशिक्षक र एक निर्णायकलाई प्रतिभा सम्मान प्रदान गरिने भएको हो ।

उसुतर्फ चार खेलाडी सम्मानित हुने भएका छन् । सम्मानित हुनेमा ललितपुरकी निमा घर्ति मगर, सुर्खेतका दीपक हमाल, धादिङकी जुनी राई र भक्तपुरकी सुस्मिता तामाङ रहेका छन् ।

काठमाडौंका कराते खेलाडी एलेन श्रेष्ठ, सल्यानकी एथलेटिक खेलाडी पुष्पा भण्डारी तथा पारा खेलकुदतर्फका केशव थापाले पनि यो सम्मान प्राप्त गर्ने भएका छन् ।

प्रशिक्षकतर्फ तेक्वादोका संगीना वैद्य र नोर्बु लामा तथा रेफ्रीतर्फ तेक्वान्दोकै आशोक खड्काले पनि सो सम्मान प्राप्त गर्नेछन् ।