संकटा क्लबले नेपाल पुलिस क्लबमाथि १–० को जित निकाल्यो

काठमाडौं, २७ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सोमबारको खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबमाथि १–० को कठिन जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला खेलको १८औं मिनेटमा निरज बस्नेतले गरेको एक मात्र गोल संकटालाई जित दिलाउन प्रयाप्त बन्यो ।
निरजले लक्ष्मण रुचालको कर्नरमा निरजले डाइभिङ हेडरमार्फत् गरेको प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले बचाउने कुनै मौका नै पाएनन् ।
यो जारी लिगको ५०औं समेत गोल हो । लिगको पहिलो गोल पनि संकटाकै लक्ष्मण रुचालले गरेका थिए ।
यो जितसँगै ४ खेलमा ८ अंक जोडेको संकटा लिगको चौथो स्थानमा उक्लिँदा पुलिस ५ अंकका साथ आठौं स्थानमा झरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


