आफ्नो जित सूनिश्चित रहेको निधिको दाबी

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो जित सूनिश्चित रहेको दाबी गरेका छन् ।
मतदान गरेपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
मतदान गर्न झन्झटिलो नभएको बताउँदै उनले आफूलाई मतदान गर्न ५० मिनेट लागेको बताए । मतपत्रमा चिन्ह् लगाउन आफूलाई ५० मिनेट लागेको निधिले जानकारी दिए ।
उनले भने, ‘मलाई उत्साह के लागेको छ भने यसअघिका महाधिवेशनमा अरूलाई सभापति बनाउन मत खसाल्थेँ । यसपटक आफैंलाई भोट खसालेको छु ।’
पदाधिकारी र सदस्यहरूको सबै नाम थाहा थियो, उत्साहित छु,’ उनले भने ।