निर्वाचन समितिले आजै मतगणना गर्ने

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मतगणना आजै थाल्ने भएको छ ।
सबैभन्दा पहिले सभापतिको मतगणना हुने बताइएको छ । मतगणना आठ ठाउँमा हुनेछ ।
सभापति पदको प्रतिस्पर्धीहरू प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ रहेका छन् ।