नेकपा एमालेले सातवटै प्रदेशमा अध्यक्ष तोक्यो, प्रदेश २ मा रामअवतार यादव

काठमाडौं, २६ मंसिर । नेकपा एमालेले सातवटै प्रदेशमा प्रदेश अध्यक्ष तोकेको छ ।
आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो ।
जसअनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, प्रदेश २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीमा नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीमा विनोदकुमार शाह र सुदूरपश्चिमको प्रदेश अध्यक्षमा दामोदर भण्डारीलाई प्रस्ताव गरिएको छ ।
उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको नेकपा एमालेले जनाएको छ ।