मुख्यमन्त्री राउतले गरे स्वास्थ्य अनुसन्धान परिषद्को उद्घाटन

जनकपुरधाम, २६ मंसिर । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद इकाइ कार्यालयको आइतबार उद्घाटन गरेका छन् ।
धनुषाको सपहीस्थित प्रदेश स्वास्थ्य निर्देशनालयको प्राङ्गणमा नवनिर्मित अनुसन्धान परिषद्को भवन सहित कार्यालयको मुख्यमन्त्री राउतले उद्घाटन गरेका हुन् ।
सो अवसरमा मुख्यमन्त्री राउतले प्रदेशमा अनुसन्धान परिषद्को इकाई कार्यालय स्थापनाहुनुु स्वागत योग्य रहेको बताए । परिषद्ले समय समयमा देखापर्ने रोगहरुको अनुसन्धान गर्दै उपचारमा सहयोग पु¥याउने विश्वास समेत उनले व्यक्त गरे ।
परिषद्लाई आवश्यक पर्ने हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार रहने मुख्यमन्त्री राउतको प्रतिवद्धता थियो ।
परिषद्का अध्यक्ष प्रा. डा. गेहनाथ बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, प्रदेश सभा सदस्य रामअशिष यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झा, प्रादेशिक अस्पतालका प्रमुख डा. प्रमोद यादव, जसपा जिल्ला अध्यक्ष पशुपति यादव, लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादव सहितको उपस्थिति रहेको थियो ।