आफू जिते मात्र सरकार रहन्छ: देउवा

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू जिते मात्र सरकार रहने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस नेताहरूसँगको छलफलमा उनले भोट माग्दै यस्तो बताएका हुन् ।
‘अस्ति ओली हुँदा कस्तो थियो तपाईंहरूलाई थाहै छ । मैले जिते भने मात्र यो सरकार रहन्छ । मैले हारे भने मलाई प्रधानमन्त्री बाट हटाउँछन्, त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइ दिनुहोला,’ देउवाले भने ।
आफूहरूले सबै जातजातिलाई आरक्षण दिएको उल्लेख गर्दै उनले कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानुपर्नेमा जोड दिए ।
‘हामीले सबै जातजातिलाई आरक्षण दिएका छौं । यो पार्टीलाई सबैको पार्टी बनाएर लैजानुपर्छ । प्रजातन्त्र आजको जरुरी कुरा हो। कांग्रेसभित्र प्रजातन्त्र छ, तपाईंहरूलाई थाहै छ,’ देउवाले भने ।