खुला केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध

काठमाडौं, २६ मंसिर । प्रदेश नम्बर–२ बाट नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध चयन भएका छन् ।
निर्वाचन समिति सदस्य तेज रावलले यो क्लस्टरबाट जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत चयन भएको जानकारी दिए ।
निर्वाचित ढुंगाना र रिजाल दुवै संस्थापन पक्षका हुन् ।