मीन विश्वकर्माले लिए उम्मेदवारी फिर्ता

जनकपुरधाम, २६ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
दलित खुलातर्फबाट शनिबार मनोनयन दर्ता गराएका उनले आज उम्मेदवारी फिर्ता लिएका हुन् ।
विश्वकर्माले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम हटाइदिन आग्रह गरेका छन् । पाँचजना दलित खुला केन्द्रीय सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका थिए ।
उम्मेदवारहरूको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्मका लागि निर्धारण गरिएको थियो ।