चौधरीको नेतृत्वमा ५ सयभन्दा बढि व्यक्ति माओवादीमा प्रवेश

जनकपुरधाम, २६ मंसिर । महोत्तरीको डाम्हीमा ५ सय जना भन्दा बढी व्यक्ति माओवादी केन्द्रमा प्रवेश गरेका छन् । महोत्तरी गाउँपालिकाको वडा नम्बर–४ को पार्टी प्रवेश कार्यक्रममा उनीहरु माओवादीमा प्रवेश गरेका हुन ।
माओवादी केन्द्र महोत्तरीका संयोजक तुलसी ढुंगानाको अध्यक्षता र प्रदेश २ का इन्चार्ज गणेश साहको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा केएन मोदी यूनिभर्सिटीका नेपाल व्यवस्थापक अवधेश कुमार चौधरीको नेतृत्वमा सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।
पार्टी प्रवेश गर्ने नवप्रवेशिलाई प्रदेश इन्चार्ज साह, माओवादी केन्द्रका संघीय सांसद इन्दु शर्मा, नेता विश्वनाथ साह, केन्द्रीय सदस्य रामकुमार शर्मा, प्रकाश पोखरेल, धनुषाका संयोजक दिपक यादव लगायतकाहरुले फुलमाला र टिका लगाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का इन्चार्ज साहले उत्पीडित, उपेक्षित, गरिब निमुखा, मजदुर र किसानको पार्टी माओवादी नै रहेको दावी गरे । पूर्वमन्त्री समेत रहेका स्थायी समिति सदस्य साहले पार्टी प्रवेश कार्यक्रममा बोल्दै श्रमजिवीवर्गको पक्षधर माओवादी रहेकाले माओवादीलाई बलियो बनाउन आवश्यक रहेको बताए ।
उनले माओवादीकै कारण मुलुकमा राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक परिवर्तन आएकाले यसको स्थायित्व र जनताको सपना पूरा गर्न माओवादी सरकारको अपरिहार्य आवश्यकता रहेको स्पष्ट पारे ।
चौधरीको नेतृत्वमा सर्वेश कुमार मिश्र, संजय ठाकुर, गीता देवी चमार, दुलारी सदा, अमरदीप मण्डल, कुन्ती देवी, मोहनर पासमान, सरस्वती देवी, जलिन कवारी, महेन्द्र यादव, दिनेश यादव, विल्टु दास तत्मा, किरण कुमारी, अमर कुमार दास लगायतका युवाहरु पर्टी प्रवेश गरेका छन ।

स्थानीय युवा सुनिल सिंह, बलदेव पासमान, अशेश्वर पासमान, राम अशेसर साह, किरण देवी मण्डल, ईश्वर पासमान, प्रगास मुखिया, निरो कुमारी, घुहर मुखिया, जीवछ कुमार साह, सन्तोषी सदा, विन्देश्वर मिश्र, सोनावती देवी र विल्टु साह सुडीलगायत ५ सय जनाभन्दा बढी व्यक्ति माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
नवप्रवेशी चौधरीले महोत्तरी गाउँपालिका माओवादीको लालकिल्ला बन्ने दावी गर्दै मुलुकमा माओवादीको विकल्प नरहेको जिकिर समेत गरे ।
माओवादी केन्द्रका संघीय सांसद इन्दु शर्मा, नेता विश्वनाथ साह, केन्द्रीय सदस्य रामकुमार शर्मालगायतले नवप्रवेशीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

