काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो टिम तयार गरेका छन् ।

उनले नेता कृष्णप्रसाद सिटौलाको समूहलाई मिलाएर आफ्नो टिम तयार गरेका हुन् । सभापतिमा देउवा निर्विकल्प उम्मेदवार छन् ।

देउवाले आफ्नो टिमबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्कालाई रोजेका छन् भने महामन्त्रीका लागि डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई फाइनल गरेका छन् ।

देउवाको समूहबाट सहमहामन्त्रीका उम्मेदवारमा आदिवासी जनजाति भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशी महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारूमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर, पिछडिएको क्षेत्रमा जीवन शाही रहेका छन् ।