सर्लाही, २५ मंसिर । सर्लाहीमा विद्युत सर्ट भई आगलागी हुँदा १ करोड बराबरको क्षति भएको छ ।

शनिवार विहान करिब डेढ बजेको समयमा जिल्लाको हरिवन नगरपालिका वडा नम्बर–११ स्थित बिक्रम नेपालले सञ्चालन गरेको नेपाल ईलेक्ट्रोनिक होलसेल नामक पसलमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

पसलमा विद्युतको तार सर्ट भई आगलागी हुँदा पसल पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

आगलागीबाट पसल भित्र बिक्री गर्न राखिएका टि.भि, फ्रिज र पसल बाहिर पार्किङ गरी राखिएको ज. २ प. ९५७६ नम्बरको मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको उनले बताए ।

नेपाल प्रहरी, स्थानिय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।