जनकपुरधाम, २५ मंसिर । नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन आजदेखि सुरु भएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सातवटै प्रदेशमा एकसाथ भर्चुअल माध्यमबाट अधिवेशनको शुभारम्भ गरेका हुन् ।

माओवादी केन्द्रले सात भूगोलसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।

प्रदेश नम्बर–१ को विराटनगर, प्रदेश नम्बर–२ को जनकपुरधाम, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको भालुवाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन भईरहेको केन्द्रिय सदस्य समेत रहेका प्रदेश २ का सचिव योगकुमार बरबरियाले जानकारी दिए । विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्ने बताइएको छ ।

सम्मेलनबाट ९ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी ९ सदस्यीय पदाधिकारी रहने छन् ।

प्रदेश २ मा २७१ सदस्यी समिति रहने छ ।