कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्र जारी


काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ ।
आज दिउँसो १ बजेबाट सुरु हुने भनिए पनि सवा एक घण्टा ढिला गरी उद्घाटन सत्र सुरु भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका छन् ।
उद्घाटन सत्रको सञ्चालन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले गरिरहेका छन् । शर्मा कांग्रेसको सञ्चार विभागका संयोजकसमेत हुन् ।
महाधिवेशनमा स्वदेश तथा विदेशका पाहुनाहरू आएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
