एक दिवसीय फर्म्याटको कप्तानबाट विराट कोहली बर्खास्त

एजेन्सी, २३ मंसिर । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले टोलीको एक दिवसीय फर्म्याटको कप्तानबाट विराट कोहलीलाई बर्खास्त गरेको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार बीसीसीआईले कोहलीलाई एक दिवसीय फर्म्याटको कप्तानी छाड्न ४८ घण्टाको समय दिएको थियो । यद्यपि उनले सो समयमा कप्तानीबाट राजीनामा नदिएपछि उनलाई बर्खास्त गरिएको हो ।
यसअघि कोहलीले टी–२० फर्म्याटको क्रिकेट कप्तान छाड्दै टेस्ट र एक दिवसीय फर्म्याटको कप्तान रहने इच्छा व्यक्त गरेका थिए ।
यद्यपि बीसीसीआईले एक विज्ञप्ति जारी गर्दै रोहित शर्मा टी–२० र एकदिवसीय फम्र्याटको कप्तान बनेको बताएको हो ।
उनको स्थानमा रोहित शर्मालाई जिम्मेवारी दिइएको छ । त्यस्तै शर्मालाई छनोटकर्ताले टेस्ट फर्म्याटको उपकप्तान बनाउने निर्णय गरेका छन् ।