सप्तरी, २३ मंसिर । सप्तरीमा भूमिहीनहरुलाई लालपुर्जा वितरण गरिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले अग्निसाइर कृष्णासवरन गाउँपालिकाको गाउँब्लकमा रहेका भू्मिहीनहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी छन् ।

बुधवार र बिहिवार अग्निसाइर कृष्णासवरन गाउँपालिका र तिरहुत गाउँपालिकाको गाउँब्लकमा रहेका ७ सय घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने सरकारी तयारी छ ।

जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यही पुुस मसान्तसम्ममा देशभरीका नापी भइसकेका गाउँब्लकका नागरिकलाई जग्गा वितरण गरिसक्ने बताइन् ।

उनले नापी भइसकेका गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान सुरु गरिएको र यस अभियानमा भूूमि भएरपनि भूूमिविहीन बनिरहेकाहरू कोही पनि छुुट्ननहुनेमा जोड दिदै नापी हुन बाँकी गाउँब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको बताइन् ।

मन्त्री श्रेष्ठले भूूमिहीन दलित, सुकुुमबासी र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेर काम शुुरु गरिसकेको र मुक्त हलीया, कमलरी, कमैयाको पक्षमा काम गर्न र उनीहरूको वास्तबिकता अध्ययन गर्न कार्यदल बनाएर काम शुरु गरिसकेको पनि बताइन् ।

तल्ला तहका नागरिक र वाास्तविक पीडितको आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर छिटो काम गर्न लामा र झन्झटिला प्रक्रिया छोट्याएर छिटोभन्दा छिटो काम गर्न लागेको पनि पनि उनले बताइन् ।