जनकपुरधाम, २२ मंसिर । जय परशुराम मञ्च नेपालले विवाहपञ्चमीमा सर्वसाधारणलाई निशुल्क खाना एवं औषधि वितरण गरेको छ ।

विवाहपञ्चमीमा भारतलगायतका ठाउँहरुबाट आएका श्रद्धालुभक्तजनका लागि जनकपुरधाममा बुधबार निशुल्क खाना एवं औषधि वितरण अभियान सञ्चालन गरिएको हो ।

जय परशुराम मञ्च नेपालका अध्यक्ष चन्दन रायले यो अभियानको अगुवाइ गरेका छन् ।

विवाहपञ्चमीको भीडलाई मध्यनजर गर्दै थोरै भए पनि श्रद्धालुलाई सहयोग गर्ने उद्देश्यले यो अभियान चलाइएको अध्यक्ष राय बताउँछन् ।

उनी भन्छन,‘यस्तो धार्मिक एवं सांस्कृतिक अनुष्ठानका बेला थोरै भए पनि नागरिकलाई सहयोग गर्नु हाम्रो धर्म हो । यस्तो समयमा सुतेर बस्ने होइन नागरिकलाई सहयोग गर्न फिल्डमा उत्रनुपर्छ ।’

विवाहपञ्चमीमा जनकपुरधाम आएको बेला अलपत्र तथा समस्यामा परेका श्रद्धालुको उद्धार तथा राहत गर्ने उद्देश्यर्ले निशुल्क खाना एवं औषधि वितरण अभियान सञ्चालन गरेको रायले बताए ।

जनकपुरधामका अन्य सामाजिक संघसंस्थाहरुले समेत आज निशुल्क भोजन, औषधि, पानीलयागतका विभिन्न शिविरहरु सञ्चालन गरेका छन् ।