जिल्ला प्रहरी कार्यालय धनुषाको भ्यानमा टिकटकरको मस्ती

जनकपुरधाम, २२ मंसिर । अब सरकारी गाडीको यतिसम्म दुरुपयोग हुन थालेको छ कि प्रहरी चढ्ने गाडीमा समेत टिकटक भिडियो बनाउन थालिएको छ ।
सरकारी कर्मचारी वा जनप्रतिनिधिहरुले कहिले बनभोज त कहिले व्यक्तिगत काममा सरकारी गाडीको दुरुपयोग गरेको धेरै उदाहरणहरु छन् । तर अब भने सरकारी गाडीको प्रयोग गरेर ‘टिकटक’ भिडियोसमेत बनाउन थालिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले प्रयोग गरिरहेको सरकारी गाडीमा एक युवकले ‘टिकटक’ भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको पाइएको छ ।
ह्यान्सी सुशील नामको आईडिबाट जिल्ला प्रहरी कार्यालय धनुषाको गाडीमा टिकटक बनाएर सामाजिक सञ्जालमा भिडियो पोष्ट गरिएको हो ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले प्रहरीको भ्यानमा कसैले टिकटक भिडियो बनाएकोबारे आफूलाई कुनै जानकारी नरहेको भन्दै पन्छिन खोजेका छन् ।
पछिल्लो समय विभिन्न बाहानामा सरकारी गाडी दुरुपयोग गर्ने क्रम बढ्दै गएको छ। जनप्रतिनिधी र कर्मचारीले व्यक्तिगत काम प्रयोजन, सार्वजनिक विदा, आफन्तको विवाह लगायतमा सरकारी गाडीको प्रयोग गर्ने गरेका छन् । अब भने ‘टिकटक’ भिडियो बनाउनका लागि समेत सरकारी गाडीकै प्रयोग भईरहेको पाइएको छ ।
https://www.facebook.com/todayawaj/videos/pcb.136084922185313/1035827577267724