क्षेत्र नम्बर–३ का दोस्रो मतदान अधिकृतले पनि दिए राजीनामा

जनकपुरधाम, २२ मंसिर । नेपाली काँग्रेस महोत्तरी क्षेत्र नम्बर–३ का मतदान अधिकृतले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार महोत्तरी क्षेत्र नम्बर–३ को क्षेत्रिय निर्वाचन गर्ने जिम्मेवारी पाएका मतदान अधिकृत हेम बहादुर कार्कीले राजीनामा दिएका हुन् ।
कार्कीले आफू शारिरीक रुपले अस्वस्थ्य भएकोले निर्वाचन गराउन असमर्थ भएको भन्दै जिल्ला निर्वाचन अधिकृतको कार्यालय महोत्तरीलाई राजीनामा पत्र बुझाएको विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
यसअघि मंसिर १५ गतेको क्षेत्रिय अधिवेशन विवादित हुँदा मंसिर १८ गते तत्कालिन मतदान अधिकृत धीरेन्द्र मण्डलले राजीनामा दिएका थिए ।
मण्डलको लिखित बयान तथा निर्वाचन अधिकृत इन्द्र बहादुर अधिकारीको प्रतिवेदन अनुसार गलत ढंगबाट वितरण गरिएको प्रमाणपत्रहरुलाई केन्द्रीय निर्वाचन समितिले बदर गरी पुनः अधिवेशन गराउन मतदान अधिकृतको रुपमा हेम बहादुर कार्कीलाई नियुक्त गरिएको थियो ।