कांग्रेस महाधिवेशन: ४ हजार ३१९ प्रतिनिधि छनोट

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ४ हजार ३१९ प्रतिनिधि छनोट भएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट ४ हजार ३१९ प्रतिनिधि चयन भएका हुन् ।
उनीहरू मतदातासँगै उम्मेदवार हुन पाउँछन् ।
कांग्रेसको केही जिल्लामा अधिवेशन हुन बाँकी छ । सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन ।